हाम्रो बारेमा
नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संस्था हो । महासंघको पाँचथर शाखामा ५४ जना पत्रकार आवद्ध छन् । पत्रकारहरुलाई संगठित गरी व्यावसायीक नेतृत्व प्रदान गर्दै उनीहरुको हक-अधिकार प्रवद्र्धन गर्ने महासंघको मूल ध्येय, लक्ष्य र दायित्व र उद्धेस्य हो ।
२०८१ साल मंशिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ पाँचथर शाखाकाे १० औं अधिबेशनले अध्यक्षमा भीमकुमार बाँस्कोटालाइ सर्बसम्मतले निर्वाचित गरेकाे छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाकाे कार्यालय फिदिम–१ मिडिया मोडमा रहेकाे छ ।
पत्रकार महासंघको उद्देश्य निम्न अनुसार छ :
- नेपाली पत्रकारहरुलाई संगठित गरी व्यावसायीक नेतृत्व प्रदान गर्दै उनीहरुको हक अधिकारकाकाे प्रवद्र्धन तथा संरक्षण गर्न कृयाशील रहने ।
- उत्तरदायी, मर्यादीत र जिम्मेवार पत्रकारीताकाे संस्थागत बिकासमा कृयाशील हुँदै स्वतन्त्र प्रेसको बिश्वब्यापी मर्म, मान्यता, आचार र आदर्शहरुलाई परीपालन गर्ने ।
- सूचनाको हक र र बिचार तथा अभिव्यत्ति स्वतन्त्रताको पक्षमा कृयाशील रहने ।
- श्रमजीवी पत्रकारहरुको उचित श्रम अभ्यास र पेशा तथा रोजगारीको अधिकार संरक्षणका लागि नेतृत्व प्रदान गर्ने ।
- पत्रकारीता क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्टिय क्षेत्रमा कृयाशील संघ संस्थाहरुसँग सम्बन्ध विस्तार गर्ने तथा विभिन्न देशका संघ, संस्थाहरुसँग प्रतिनिधि आदन प्रदान गर्ने ।
- पत्रकारीता क्षेत्रसँग सम्बन्धित विषयहरुमा बैठक, भेला, सभा, सम्मेल, गोष्ठि अन्तरकृया प्रशिक्षण लगायत अन्य विभिन्न रचनात्मक गतविधिहिरु सञ्चालन गर्ने र पुस्तक, पत्रपत्रिका, कार्यक्रम तथा प्रतिबेदन प्रकाशन वा उत्पादन गर्ने ।
- राष्ट्र समाज र आम नागरिक तथा पत्रकार जगतको हीतका साथै स्वच्छ पत्रकारीताकाे प्रवद्र्धनका निम्ति सक्रिय रहने ।
- प्रेस स्वतन्त्रताको प्रतरिक्षाका लागि आवश्यक अन्य काम गर्ने ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखा
सम्पर्क नं. ०२५५२२४८८
